Logo

ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाईए नेम्वाङलाई मान्य नहुने, कोठामा प्रचार सामाग्री तयार



काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को जारी महाधिवेशनको आज तेस्रो दिन । बन्दसत्र भने साँझ ७ बजेबाट सुरु हुने जनाईएको छ । पदाधिकारीसहित केन्द्रीय सदस्यहरु समेत चयन गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिईएको छ ।

तर, अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेका डा. भीम बहादुर रावलले भने बन्दसत्रको हलले पदाधिकारीसहित केन्द्रीय सदस्यहरु चयन गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएकोमा आपत्ति जनाए ।

उनले कुनैपनि हालतमा आफू अध्यक्षको उम्मेद्धवारीबाट ब्याक नहुने कुरा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा स्पष्ट पारिसकेका छन् । अहिले अध्यक्ष ओली आफ्नै समूहका पदाधिकारीका आकांक्षीका कारण सकसमा परेका छन् ।

ओलीनिकट एक नेताकाअनुसार ईश्वर पोखरेल र सुवास नेम्वाङका कारण ओली अहिले तनावमा छन् । दुवै जना नेताले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् ।

ओलीसँगको वान टु वान भेटवार्तामा नेम्वाङले आफूलाई वरिष्ठ उपाध्यक्ष नबनाईए सहमतिको नाममा घोषणा गरिने नाम नमान्ने चेतावनी दिएका छन् । उनले पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउन खोजेको भनेर आफूनिकट नेताहरुसँग परामर्श थालिसकेका छन् ।

उनले चुनावको लागि प्रचारप्रसारका सामाग्रीसमेत तयार पारिसकेका छन् । आफू बसेको होटलको रुममा सबै प्रचार सामाग्री पुगिसकेको उनीनिकट एक केन्द्रीय सदस्यले जानकारी दिए । उनले वरिष्ठ उपाध्यक्षमा पोखरेललाई अघि बढाउने ओलीको संकेत पाएपछि रुष्टता पनि पोखिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्