Logo

पार्क सफारीबाट बन्दसत्रस्थलतर्फ अघि बढ्दै ओली



काठमाडौं, १२ मंसिर । नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बन्दसत्रको दोस्रो दिन विहान ८ बजे सुरु हुने भनिएको बैठक अहिले राति पौने १० बजे सुरु भएको हो ।

बन्दसत्रको लागि अध्यक्ष केपी शर्मा ओली पार्क सफारी रिसोर्टबाट बन्दसत्रस्थल सेभेनस्टार होटलमा छिरेका छन् । अध्यक्ष ओलीले पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको नाम तय गरिसकेका छन् ।

अहिले केहीबेरमा उक्त नामावली सुनाईने भएको छ। तर, ती नाममा सहमति नभए भोलि चुनाव गराउने ओलीको तयारी छ । भीम रावलले भने आफूलाई कुनैपनि सहमति मान्य नहुने चेतावनी दिईसकेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्