सौराहा, १२ मंसिर : नेकपा एमालेले सहमति नजुटेका पदमा आन्तरिक प्रतिस्पर्धा गराउने भन्दै निर्वाचन तालिका र मतदाता नामावली सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिकामा उम्मेदवारी दर्ताका लागि शुल्क निर्धारण गरिएको छ । जसमा अध्यक्षका प्रतिस्पर्धीले १५ हजार शुल्क बुझाउनु पर्नेछ । त्यसैगरी पदाधिकारीले १० हजार, केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गराउन पाँच सय तिर्नुपर्नेछ ।
निर्वाचन आयोगले मध्यरातमा सार्वजनिक गरेको सूचनाअनुसार पदाधिकारीले १० हजार र केन्द्रीय सदस्यले ५ सय शुल्क बुझाएपछि मात्र उम्मेदवार हुन पाउने छन् । यसैगरी, केन्द्रीय आयोगहरू लेखा र अनुशासन आयोगका अध्यक्षका उम्मेदवारले १० हजार र सदस्यले पाँच सय शुल्क बुझाउनु पर्ने मापदण्ड बनाइएको निर्वाचन आयोगले जनाएको छ ।
न्युज कारखाना