Logo

विष्णु पौडेलद्वारा एमालेको उपाध्यक्षमा उम्मेदवारी दर्ता



काठमाडौं, मंसिर १३ । नेकपा (एमाले) नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । पौडेलअध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा पनि उपाध्यक्ष नै रहेका थिए ।

उपाध्यक्षका लागि सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र घनश्याम भुसालको उम्मेदवारी परेको छ । ओलीले पदाधिकारीको सूचीमा नराखे पनि भुसालले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै, एमाले उपाध्यक्षमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् । युवराजले उपाध्यक्ष र प्रदीपले उप महासचिवमा उम्मेदवारी दर्ता गराएका हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot