Logo

भोट नहाल्न भन्दै ओली पक्षले बाँडेको पर्चामा क–कसको छ नाम?



काठमाडौं, मंसिर १४ । चितवनमा जारी एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा ओली पक्षले अध्यक्षका अर्का प्रत्यासी भीमबहादुर रावलसहित पदाधिकारीलाई भोट नहाल्ने सूचीसहितको पर्चा बाँडेका छन् ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि एमाले महाधिवेशनमा आज बिहान चार बजेदेखि मतदान सुरु भएको छ ।

महाधिवेशनमा प्यानल नबनाउने घोषणा गरेको ओली पक्षले भीमबहादुर रावलसहित पूर्वमाओवादीका नेता रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतको नामसमेत पर्चामा उल्लेख गरेको छ ।। पर्चामा टंकप्रसाद कार्की र भीमप्रसाद आचार्यलाई पनि भोट नहाल्न उल्लेख गरिएको छ ।

यस्तै, प्रदेश १ खुला सदस्यमा भाष्कर काफ्ले, प्रदेश १ महिला सदस्यमा नीरा खनाल, सुदूरपश्चिम प्रदेश महिला सदस्यमा पशुपति कुँवर र मञ्जु मलासी, दलित खुला सदस्यमा नरबहादुर विक र थारु खुला सदस्यमा जयप्रकाश थारु तथा पिछडिएको क्षेत्रबाट सदस्यका उम्मेदवार भरत साउदलाई पनि भोट नहाल्न भनिएको छ ।

यसअघि रावलको पक्षमा भोट माग्दै पर्चा बाँड्ने कार्यकर्ताहरुलाई एमालेका स्वयंसेवकहरुले बन्दसत्र हलको परिसरबाट धकेलेर बाहिर निकालेका थिए ।



प्रतिक्रिया दिनुहोस्