Logo

प्रदर्शनको नाममा सडक अवरोध गरेको कारण पाकिस्तानका १९ चिकित्सक पक्राउ



एजेन्सी, १४ मङ्सिर। पाकिस्तानको क्वेटा प्रहरीले १९ चिकित्सकलाई पक्राउ गरेको छ। प्रदर्शनको नाममा सडक अवरोध गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो।

आइतबार पाकिस्तानको युवा चिकित्सक संघलगायत त्यहाँका विभिन्न चिकित्सक संघसंस्थाहरुले आफ्ना माग पुरा नभएको भन्दै रेड जोननजिकै प्रदर्शन गरिरहेका थिए। प्रदर्शनको क्रममा उनीहरुले क्वेटा गर्भनर र त्यहाँका मुख्य मन्त्रीको घर घेरेका थिए। सोही आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको डन न्युजमा खबर छ।

त्यहाँका चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरुले सरकारी अस्पतालको अवस्था सुधार गर्नुपर्ने, बिरामीको उपचारका लागि निश्चित प्रावधान बनाउनुपर्ने, अस्पतालहरुमा आधुनिक स्वास्थ्य उपकरणहरु थप्नुपर्ने र चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा हुनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot