Logo

भीम आचार्य र टंक कार्की पराजित



चितवन, १४ मंसिर । नेकपा एमालेको सचिव पदको प्रतिष्पर्धामा भीम आचार्य र टंक कार्की पराजित भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि प्रस्ताव गरेको सूचीमा नपरेपछि दुवैले उम्मेदवारी दिएका थिए ।

आचार्य निवर्तमान सचिव हुन् । उनी प्रदेश १ को मुख्यमन्त्री भइसकेका छन् ।

कार्की चीनका लागि पूर्वराजदूत हुन् । आचार्य ओलीइतर समूहका हुन् भने कार्की ओलीनिकट हुन् ।

ओलीले सूचीमा राखेका टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छलिलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिष्ट र पदमा अर्याल विजयी भएका छन् । उनीहरुमध्ये रायमाझी र भट्ट पूर्वमाओवादी हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot