Logo

नेप्सेमा आज सामान्य अंकको बृद्धि, कारोबार रकम ह्वात्तै घट्यो



काठमाडौं, १५ मंसिर । शेयर बजारमा आज सामान्य अंकको बृद्धि भएको छ । नेप्से बुधबार ५ दशमलव २८ अंकले बृद्धि भएर २६ सय ३३ दशमलव ६५ विन्दु कायम भएको हो । न्यस्तै सेन्सेटिभ इन्डेक्स पनि आज ० दशलमव ८९ अंकले बढेर ४९६ दशमलव ७४ विन्दुमा पुगेको हो ।

साताको कारोबारको चौथो दिन आज २ सय २३ कम्पनीको ३७ हजार ५ सय ८५ पटक कारोबार भएर २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँ बराबरको ५३ लाख १० हजार २ सय १५ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot