Logo

कक्षा १२ को नतिजा आज सार्वजनिक हुनसक्ने, बोर्डको बैठक बस्दै



काठमाडौं, मंसिर १७ । भदौ ३० गतेदेखि सञ्चालित कक्षा १२ को परिक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । अहिले केहिबेरमा राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर नतिजा आजै सार्वजनिक गर्नेबारे निर्णय लिने जनाईएको छ ।

कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार उत्तर पुस्तिका परीक्षणबाट प्राप्त नतिजालाई परीक्षण तथा तालिकीकरणको काम केहि दिन पहिले नै सकिएको छ ।

कोभिड १९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot