Logo

पाकिस्तानमा श्रीलंकाली नागरिकलाई जलाएपछि भड्कियो हिंसा



एजेन्सी, १८ मङ्सिर। पाकिस्तानमा एक जना श्रीलंकन नागरिकलाई कुटेर मारिएको छ, भने उनको शवमा आगो लगाइएको छ । पाकिस्तानको सियालकोटमा शुक्रबार एक श्रीलंकाली नागरिकको निर्ममतापूर्वक हत्या गरि उनको शवलाई जलाइएको हो । पुलिसका अनुसार भीडले ती व्यक्तिमाथि ईशनिन्दाको आरोप लगाउँदै उनलाई कुटेर मारेको थियो । उक्त क्षेत्रमा स्थिति नियन्त्रणमा लिन भारी संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिलेसम्म यो मामिलामा कुनै मुद्दा भने दर्ता गरिएको छैन ।

सियालकोटको एक निजी फ्याक्ट्रीमा एक्पोर्ट म्यानेजरको रुपमा काम गर्ने व्यक्तिमाथि आक्रमण गरेर हत्या गरिएको हो । ती व्यक्ति त्यही क्षेत्रमा बस्थे । सियालकोट डिस्ट्रिक्ट पुलिस अफिसर उमर सइद मलिकले श्रीलंकाली नागरिक प्रियंता कुमारा भएको बताएका छन् । सियालकोट पुलिस प्रमुख अर्मागन गंडोलले समाचार एजेन्सी एपीसँग कुरा गर्दै फ्याक्ट्रीका कामदारहरुले म्यानेजरमाथि पैगम्बर मोहम्मदको पोस्टर च्यातेको आरोप लगाएका थिए ।

गोंडालका अनुसार प्रारम्भिक जाँचमा ती व्यक्तिलाई फ्याक्ट्रीभित्र नै कुटपिट गरिएको देखिएको छ । डिपिओ मलिकले भने पुलिसले श्रीलंकाली नागरिकको हत्याको पछाडिको यकिन कारण पत्ता लगाउने कोसिस गरिरहेको बताएका छन् । सामाजिक संजालमा यो घटनाको भिडियो शेयर गरिएको छ । भिडियोमा कैयौं मानिसहरु घटनास्थलमा नाराबाजी गरिरहेका देखिएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot