Logo

लुम्बिनी प्रदेशको प्रथम अधिवेशन सुरु : गृहमन्त्री खाँणले गरे पहिलो मतदान



काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको प्रथम अधिवेशन सुरु भएको छ। भैरहवामा रहेको महेन्द्र सभागृहमा विहान ११ बजदेखि मतदान सुरुभएको छ। नेपाली कांग्रेसका केन्दिय सदस्य तथा नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले पहिलो मतदान गरेका छन् ।

गृहमन्त्री रहेका खाणले ११ बजेर १ मिनेटको समयमा मतदान गरेका हुन् । लामो समयसम्म सहमतिका लागि समय माग गरिए पनि सहमति नभएपछि लुम्बिनी प्रदेशमा सस्थापन र संस्थापन इतर दुवै समुहले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन् ।

संस्थापन समूहबाट संघीय संसदको सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाहको नेतृत्वमा प्यानल तयार भएको छ भने संस्थापन ईतरबाट संविधानसभा सदस्य, रोल्पाका निर्वतमान जिल्ला सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल खडा भएको छ ।

१२ जिल्ला रहेको रहेको लुम्बिनी प्रदेशमा ९ जिल्ला सभापतिले पुनलाई समर्थन गरेका छन् । बाँकी २ जिल्लाका सभापतिले शाहलाई सर्मथन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot