Logo

भारतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’को तेस्रो केस भेटियो



एजेन्सी, १८ मङ्सिर। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट थप एक जना संक्रमित भएका छन्। भारतीय अधिकारीहरुका अनुसार गुजरातको जामनगरमा ओमिक्रोन संक्रमित भेटिएका हुन्।

संक्रमित व्यक्ति दुई दिनअघि जिम्बाब्वेबाट भारत आएका थिए। विमानस्थलमै उनको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। जीनोम सिक्वेन्सिङ गर्दा उनमा ओमिक्रोन संक्रमण देखिएको अधिकारीहरुले बताएका छन्। यसअघि कर्नाटक प्रदेशमा दुई जनामा ओमिक्रोन देखिएको थियो।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot