Logo

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीविरुद्ध सुनाइएको जेल सजाय आधा घटाइयो



एजेन्सी, २१ मङ्सिर। म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीमाथि सुनाइएको चारवर्षको जेल सजायलाई आधा घटाइएको छ । त्यहाँको राज्य नियन्त्रित मिडियाका अनुसार सैनिक प्रमुख मिनआङ हेङले सुकीलाई सुनाइएको सजायलाई आधा मिनाहा गर्ने घोषणा गरेका हुन् ।

राष्ट्रपति विन मिन्टलाई सुनाइएको चारवर्ष लामो जेल सजायलाई पनि आधा कटौती गरिएको छ । सोमबार एक अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो । गत वर्ष फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने बन्द कोठाभित्र उनको मुद्दाको सुनुवाइ भएको थियो। उनले आफूमाथि लगाएको सम्पूर्ण आरोपलाई अस्वीकार गरेकी छिन् ।-Photo: Agency

 

‘म्यानमारकी नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय’



प्रतिक्रिया दिनुहोस्