Logo

भारतमा दुर्घटनाग्रस्त हेलिकोप्टरबाट उद्धार गरिएका ३ को अवस्था चिन्ताजनक



एजेन्सी, २२ मंसिर । भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । १४ जना सवार हेलिकोप्टरमा ३ जनाको उद्धार गरी अस्पताल लगिएको समाचार एजेन्सी एएनआइले जनाएको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको उल्लेख छ ।

अस्पताल लगिएकामध्ये भारतका रक्षा प्रमुख जनरल विपिन रावत पनि छन् । उनको अवस्थाबारे अझै प्रष्ट पारिएको छैन ।

मृतकहरुबारे पनि खुलाइएको छैन । ७ को मृत्यु र ३ को उपचार भइरहेको भनिएपनि बाँकी ४ बारे अझै प्रष्ट भएको छैन ।

हेलिकोप्टरमा सैनिक प्रमुख विपिन रावत, उनकी पत्नी मधुलिका रावत, ब्रिगेडिएर एल एस लिडर, लेफ्टिनेन्ट कर्णेल हरिन्दर सिंहका अलावा सैनिकहरु गुरुसेवक सिंह, जितेन्द्र कुमार, विवेककुमार, बी साइ तेजा र हाभ सतपाल रहेको एएनआईले जनाएको छ ।

आइएएफ एम आइ १७ भी ५ हेलिकोप्टर कुनरमा आज दिउँसो दुर्घटना भएको भारतको एयर फोर्सले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot