काठमाडौं, २३ मंसिर । च्याम्पियन्स लिग फुटबलमा चेल्सी जेनिट सेन्ट पिटर्सवर्गसँग बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा चेल्सी पिटर्सवर्गसँग ३–३ गोलको बराबरीमा रोकिएको हो ।
पिटर्सवर्गको घरेलु मैदानमा भएको खेलको दोस्रो मिनेटमै टिमो वेर्नेरले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाएका थिए ।
खेलको ३८औं मिनेटमा क्लाउडिन्होले गोल गर्दै पिटर्सवर्गलाई १–१ गोलको बराबरीमा फर्काए ।
े
खेलको ४१औं मिनेटमा सरदार अज्मोउनले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।
६२ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै चेल्सीलाई २–२ गोलको बराबरीमा फर्काएका थिए ।
रोमान्चकमा खेलको ८५ औं मिनेटमा वेर्नेरले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३–२ को अवस्थामा ल्याए ।
तर, खेलको इन्जुरी समयको अन्तिम मिनेटमा मागोमेदले गोल गर्दै पिटर्सवर्गलाई ३–३ गोलको बराबरीमा ल्याएर हारबाट जोगाए ।
यो बराबरीसँगै चेल्सी समूहको उपविजेताको रुपमा नकआउट चरणमा पुगेको छ ।
पिटर्सवर्ग ५ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।