Logo

ट्राफिक महाशाखाले ल्यायो नयाँ व्यवस्था : ट्राफिक जरिवाना अब कारबाहीस्थलबाटै तिर्न सकिने



काठमाडौँ, २३ मङ्सिर। महानगरीय ट्राफिक महाशाखाले सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम कारबाहीस्थलबाटै तिर्न सकिने व्यवस्था गरेको छ । महाशाखाले बिहीबारदेखि ‘अन द स्पट’ ट्राफिक नियम उल्लंघनबापतको जरिवाना तत्कालै सोही स्थानबाटै भुक्तानी गर्न सकिने व्यवस्था सुरु गर्ने भएको हो।

ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुदै गएको चर्चा गर्दै अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरि थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने शुरू गरेको जनाइएको छ ।

पहिलो चरणमा गौशाला, दरवारमार्ग, थापाथली, जावालाखेल र जनसेवागरि पाँच वटा ट्राफिक कार्यालयबाट शुरु गरेको उक्त सेवालाई क्रमश अन्य कार्यालयमा समेत बिस्तार गर्ने महाशाखाले जनाएको छ ।-File Photo-RN



प्रतिक्रिया दिनुहोस्

Screenshot