काठमाडौँ, २३ मङ्सिर: अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने दावी गरेका छन् । आज (बिहीबार) अर्थसमितिमा बोल्दै अर्थमन्त्री शर्माले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुग्ने बताएका हुन् ।
बजेट समयमै नआएकोले पछिल्लो समय पूजिगत खर्च ७.९ प्रतिशत मात्रै भएको उनले बताए । मन्त्रालयले आगामी दिनमा मासिकसम्म पूजिगत खर्च १० प्रतिशत पुर्याउने गरि काम गरिरहेको जानकारी गराए ।
त्यसैगरी अर्थमन्त्रीले मुद्रास्फीतिमा अहिले सम्म ४.२ प्रतिशतमै रहेको भन्दै आगामी दिनमा पनि ६.५ प्रतिशत भित्रै राख्ने र नेपालको खर्च प्रणाली संरचना सुधार आवाश्यक रहेको बताए । हालसम्म विदेशी विनिमय संचिति १३ खर्ब ९९ अर्ब रहेको र ७ महिनाको वस्तु तथा सेवा आयात धान्ने भन्दै सकारात्मक अवस्थामा रहेको छ ।
चालू आर्थिक वर्ष सुरु भएयता ४ खर्ब १६ अर्ब राजश्व उठिसकेको छ जुन गत वर्ष भन्दा ४० प्रतिशत बढी हो । मन्त्री शर्माले खर्च कम हुँदा त्यस्को दबाब तरलता परेको भन्दै तरलत व्यवस्थापनका लागि प्रयास भैरहेको बताए ।-File Photo