Logo

नियाग्रा फल्समा कार खसेपछि…(भिडियोसहित)



एजेन्सी, २४ मङ्सिर । अमेरिका र क्यानडाको सीमामा रहेको नियाग्रा फल्समा कार खसेपछि अनुमानित ६० वर्षिया महिलाको मृत्यु भएको छ । गाडी भित्रबाट बाहिर निस्किन नखोज्दा महिलाको मृत्यु भएको जनाइएको छ । महिलाको पहिचान अझ सम्म खुल्न नसकेको जनाइएको छ। कार झरनातर्फ योजनाबस लागिएको त्यहाँका स्थानीय प्रहरीले पत्रकार सम्मेलनमा बताएका छन्। एक तटरक्षक गोताखोरलाई महिलाको उद्धारका लागि पठाइएको थियो । तर, उद्धारकले महिलालाई मृत अवस्थामा फेला पारे ।

ट्विटरमा पोस्ट गरेको भिडियोमा बुधवार अपराह्न महिलाको गाडी नियाग्रा फल्समा दुई घन्टा जति फसेको देखिन्छ । अमेरिकाको न्युयोर्कस्थित प्रोस्पेक्ट पोइन्टमा कार फसेको हो । अधिकारीहरू अपराह्न १ बजे घटनास्थलमा पुग्दा महिलाले हलचल गरेकी थिइनन् । गोताखोरले कारको ढोका बन्चरोले हानेर भत्काएका थिए र कारबाट मृत शरीर निकाली हेलिकप्टरमा राखेका थिए । अपराह्न २ बजेतिर झरनाबाट गाडीलाई उद्धार गरिएको थियो । उक्त विषयमा थप अनुसन्धान भैरहेको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्