Logo

विपिन रावतको मृत्युबारे ग्लोबल टाइम्सले भन्यो- भारतीय सेना ‘अनुशासनहीन’, आधुनिकीकरणलाई ठुलो झट्का



एजेन्सी, २४ मङ्सिर।। भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा भएको मृत्युप्रति चीन सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सले लेख प्रकाशित गर्दै उक्त दुर्घटना भारतीय सेनाको कमजोरीका कारण भएको उल्लख गरेको छ ।

जनरल विपिन रावतको हवाइ दुर्घटनामा भएको मृत्युले भारतीय सेनाको आधुनिकीकरणलाई ठुलो झट्का लागेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । चिनियाँ विशेषज्ञले उक्त विषयको बारेमा बिहिबार ग्लोबल टाइम्सलाई भनेको हो। भारतीय सेनाप्रमुख रावतलाई ग्लोबल टाइम्सले चीन विरोधी भनेर सम्बोधन गरेको छ।

‘हेलिकप्टर दुर्घटनामा भारतका रक्षा प्रमुखको मृत्युले न केवल भारतीय सेनाको अनुशासन र युद्धको तयारीको कमीलाई उजागर गरेको ग्लोबल टाइम्सले खबर छ। यसले देशको सैन्य आधुनिकीकरणलाई पनि भारी झट्का दिएको छ जसबाट भारत लामो समयसम्म उठ्न सक्ने छैन समेत पत्रिकाले लेखेको छ ।

चिनियाँ विश्लेषकले जनरल रावतलाई चीन विरोधी बताउँदै भनेको विषयलाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ, ‘चीन विरोधी शीर्ष रक्षा अधिकारीको निधनका बावजुद भारत चीनको सीमावर्ती क्षेत्रमा चीनप्रति भारतको आक्रामक व्यवहारमा परिवर्तनको कुनै सम्भावना छैन । ग्लोबल टाइम्सले हेलिकप्टर दुर्घटनालाई मानवीय गल्ती बताउँदै लेखेको छ ‘एमआइ १७ भी ५ रुसी हेलिकप्टरको प्रयोग व्यापक रुपमा कैयौं देशहरुले गर्छन् ।’

विशेषज्ञको भनाईलाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ, ‘भारतलाई एक फितलो र अनुशासनहीन सैन्य संस्कृतिको लागि चिनिन्छ । भारतीय सैनिक अक्सर मानक संचालन प्रक्रिया र नियमको पालना गर्दैनन् ।’-Photo Source: Global Times



प्रतिक्रिया दिनुहोस्

Screenshot