काठमाडौं, २४ मंसिर । नेकपा (माले) का महासचिव सिपी मैनालीले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुलाई एकताको महाधिवेशन बनाउनेगरि विवेक प्रयोग गर्न सुझाव दिएका छन् । उनले अहिले देशका सबै दलहरुका सामू चूनौति रहेको सुनाए । उनले अहिले जनताले व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएको भनेर टिप्पणी गरिरहेको र यसमा आफ्नो पनि सहमति रहेको सुनाए ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो पार्टीको तर्फबाट शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । उनले प्रजातान्त्रिकरण सँगसँगै बाहृय हस्तक्षेपलाई नेपालमा भुलिएको गुनासो पोखे । उनले ०६२÷०६३ को आन्दोलनपछि पनि बाहृय हस्तक्षेप बढेको दाबी गरे ।
अहिले दुनियाँको स्थितिमा धेरै परिवर्तन आएको स्मरण गराए । शक्ति राष्ट्रहरुको शीतयुद्धले नेपाललाई प्रभाव पार्नसक्नेतर्फ उनले खतरा औंल्याए ।
उनले कांग्रेस लोकतन्त्रको लागि लडेको र पूरानो पार्टी भएकोले राष्ट्रियताप्रति उसको ध्यान जानुपर्नेमा जोड दिए ।