Logo

सभापतिको रेसबाट फेरि बाहिरिएको शशांकको घोषणा, पौडेललाई साझा उम्मेदवार बनाउनुपर्ने अडान



काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनईतर समूहले अहिलेसम्म सभापतिको साझा उम्मेद्धवार तय गर्न सकेको छैन् । सभापतिका आकांक्षीमध्ये प्रकाशमान सिंह र शेखर कोइरालाले आफ्नो अडान कायमै राखेपछि यो समूहले सभापतिको साझा उम्मेद्धवार तय गर्न नसकेको हो । उता, सभापतिका आकांक्षी रहेका वर्तमान महामन्त्री डा. शशांक कोइरालाले आफू सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएको बताएका छन् ।

शुक्रबार महाधिवेशनको उद्घाटन समारोह सकिएसँगै बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साझा उम्मेदवार चयनका लागि जुटेका संस्थापन इतर पक्षको बैठकबाट बाहिरिँदै नेता कोइरालाले आफू सभापतिको दौडबाट बाहिरिएको जनाए । उनले भने, ‘म प्रतिस्पर्धाबाट बाहिरिसकेको छु, तीनजना बीचमा सहमति हुन सकेको छैन।’

कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउनु पर्ने बताए। उनले अब शेखर कोइराला र प्रकाशमान सिंह दुवै जनाले सभापतिको प्रतिष्पर्धाबाट बाहिरिएर वरिष्ठ नेता पौडेललाई सघाउनुपर्ने पनि धारणा राखे । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot