Logo

कांग्रेस १४औं महाधिवेशन : कल्याण गुरुङद्वारा सभापतिमा मनोनयन दर्ता



काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा कल्याणकुमार गुरुङले सभापतिमा उम्मेद्धवारी दर्ता गराएका छन् । उनले ११ बज्न केही मिनेट बाँकी रहँदै आफ्नो उम्मेद्धवारी दर्ता गराएका हुन् ।

आफूले परिवर्तन, न्याय र समानताका लागि उम्मेद्धवारी दर्ता गराएको गुरुङको प्रतिक्रिया छ । उनले भने,‘युवा पुस्ताको प्रतिनिधित्वका रुपमा मेरो उम्मेदवारी हो ।’

उनले आफूले सस्तो लोकप्रियताको लागि उम्मेद्धवारी दर्ता नगराएको भन्दै कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने पनि दाबी गरे । सभापतिमा उम्मेद्धवारी दर्ता गर्ने गुरुङ पहिलो हुन् । सभापतिको लागि निर्वाचन समितिले ३० हजार रुपैयाँ तय गरेको छ ।

कांग्रेसमा आज मनोनयन दर्ता हुने कार्यक्रम छ। केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यसहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको कार्यतालिका छ । मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ ।  file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot