Logo

अमेरिकाले चीन, म्यान्मार र उत्तर कोरियामाथि लगायो प्रतिबन्ध



एजेन्सी, २५ मङ्सिर। अमेरिकाले राज्य शक्तिको दुरुपयोग गरी नागरिकमाथि दमन गरेको भन्दै चीन,उत्तर कोरिया र म्यान्मार माथि मानव अधिकार सम्बन्धी प्रतिबन्ध लगाएको छ । अमेरिकाले राज्य शक्तिको दुरुपयोग गरी नागरिकालाई पीडा र दमन गर्नेहरु विरुद्द कडा सन्देश दिएको हो ।

अमेरिकाले चीन, उत्तर कोरिया, म्यान्मार र बंगलादेशका केही व्यक्तिले राज्य शक्तिको दुरुपयोग गरी नागरिकलाई दमन गरेको भन्दै उनीहरुमाथि प्रतिबन्ध लगाएको हो । बाइडेन प्रशासनले उत्तर कोरियामा माथि लगाएको यो पहिलो प्रतिबन्ध हो ।म्यान्मारको सैनिक शासकले त्यहाँका सर्वसाधारणलाई अधिक दमन गरेको भन्दै अमेरिकाले उ माथि समेत प्रतिबन्ध लगाएको छ । चीनले अल्पसंख्यक उइगुर समुदाय माथि चरम दमन गरेको अमेरिकाको बुझाइ छ ।

अमेरिकाले चीनको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीलाई लगानीको कालो सूचीमा राखेको छ । अमेरिकाले मानव अधिकारको अन्तराष्ट्रिय दिवसको अवसर पारेर मानव अधिकार विरुद्द उभिनेहरु माथि कारवाही स्वरुप प्रतिबन्ध लगाएको हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot