काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा पूनः सभापतिको लागि उम्मेद्धवारी दर्ता गराएका छन् । देउवा उम्मेद्धवारी दर्ता गर्न दलबलसहित राष्ट्रियसभा गृह पुगेका थिए । उनले आफू जित्नेमा ढुक्क रहेको पनि संक्षिप्त प्रतिक्रिया दिए ।
उनको प्यानलबाट उपसभापतिमा पूर्णबहादुर खड्का र विजय कुमार गच्छदारले उम्मेद्धवारी दर्ता गराएका छन् । त्यस्तै, महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेद्धवारी दर्ता गराएका छन् । देउवाले आफूले पहिलो चरणमै जित्ने विश्वास दिलाए ।
Photo By: Mukunda Kalikote/ReportersNepal
https://www.facebook.com/primetimestvnepal/videos/623080875504711