Logo

बोहराटारमा पौडेललाई सम्झाउँदै देउवा



काठमाडौं, मंसिर २६। प्रधानमन्त्रीसमेत एवंम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

पौडेल निवास बोहराटारमा भएको भेटवार्ताका क्रममा देउवाले पौडेललाई राजनीतिबाट बाहिर हुने कुरा नगर्न आग्रह गरेका छन् । पौडेलले अस्वस्थ प्रतिस्पर्धा भन्दै हाधिवेशन प्रक्रियाबाट बाहिरिन खोजेको बताएका छन् । पौडेलले शनिबार विज्ञप्ति नै जारी गरेर आफूले सभापतिमा उम्मेदवारी नदिने घोषणा गरेका थिए ।

पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने मात्र थलो नभई यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक रहेको भन्दै उनले पार्टीभित्र अहिले देखिएको परिस्थितिमा नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन् ।

समकालीन देउवा पटक–पटक प्रधानमन्त्री र पार्टी सभापति बनिसक्दा पौडेल जहिल्यै दोस्रो स्थानमै चित्त बुझाउन बाध्य छन्।

पार्टीको १४औं महाधिवेशनमा उम्मेदवार बन्न नेताहरूबीच तँछाममछाड, दौडधुप, चलखेल र जोडघटाउ भइरहेका बेला झन्डै ६ दशक कांग्रेसको सक्रिय राजनीति गरेका नेता पौडेल भने ‘निराशा’ व्यक्त गर्दै आफ्नै प्यानलका नेताहरूसँग चित्त दुःखाइ गरेका छन् ।

चौधौँ महाधिवेशनसम्म आइपुग्दा आफूले अनेक प्रपञ्च भोगेको उनले बताएका छन्।



प्रतिक्रिया दिनुहोस्