Logo

विमानस्थलबाट पहेंलो धातु सहित भारतीय नागरिक पक्राउ



काठमाडौं, २६ मंसिर । आज पहेलो धातुसहित एकजनालाई त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ । जजिरा एयरको उडानद्वारा दुवईबाट कुवेत हुँदै काठमाडौं आएका भारतीय नागरिक राहदानी नम्बर जेड४८४३७३९ बाहक ५० वर्षीय सिराज मदापाट बापुट्टेलाई भन्सार छलि अवैध रुपमा ल्याएको ३ सय ४९ ग्राम सुन जस्तो देखिने पहेंलो धातु सहित शुक्रबार बिहान पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुण एयरलाइन्सद्वारा सिमरा जाने क्रममा उनले बोकेको व्यागलाई विमानस्थलको आन्तरिक उडानतर्फको होल्ड व्यागेज एरियमा एक्स(रे जाँच गर्दा उक्त धातु फेला पारेपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरुलाई बरामद धातु सहित आवश्यक अनुसन्धान एवं कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्