Logo

सभापतिका उम्मेदवार निधिले गरे मतदान (फोटोफिचर)



काठमाडौं, २७ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनको लागि सोमबार मतदान भइरहेको छ । यसक्रममा सभापतिका उम्मेदवार बिमलेन्द्र निधि मतदान गरेर निस्किएका छन् । निधीसँगै अन्य ४ जना सभापति पदमा प्रतिस्पर्धामा उत्रिएका छन् ।

महाधिवेशन प्रतिनिधिहरु बिहानैदेखि लाइनमा बसिरहेका छन् । मतदातालाई आधा घन्टादेखि झन्डै एक घन्टा मत हाल्न लागेको छ । मतदाताले २९ वटा मतपत्रमा चिह्न लगाउनुपर्ने छ । प्रदर्शनीमार्गमा तीन ठाउँमा मतदान केन्द्र बनाइएको छ ।

Photo:Mukunda Kalikote/Reportersnepal.com



प्रतिक्रिया दिनुहोस्

Screenshot