Logo

आजदेखि पाटन अस्पतालमा फाइजर खोपको दोस्रो मात्रा लगाइँदै



काठमाडौं, २७ मंसिर । आजदेखि कोरोना भाइरसविरुद्धको खोप फाइजरको दोस्रो मात्रा ललितपुरमा लगाउन सुरु गरिएको छ । फाइजर खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई पाटन अस्पतालमा कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो मात्रा लगाउन लागेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यो अभियान पुस ५ गतेसम्म लगाउने कार्यक्रम रहेको छ । खोप लगाउने समय बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको छ । यसअघि फाइजर खोपको पहिलो मात्रा कात्तिक २८ गतेदेखि मंसिर ११ गतेसम्म पाटन अस्पतालमा लगाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot