Logo

सभापतिमा देउवा एक सय ४४ मतले अगाडि, अन्य उम्मेदवारको कति? (सूचीसहित)



काठमाडौं, मंसिर २८। नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अरू उम्मेदवारसँग मतान्तर बढाए ।

राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा देउवाले सुरूवातदेखि अग्रता लिनुभएको थियो । १३०६ मत गणना हुँदा देउवाले ६२६ मत पाएका छन् । अर्का उम्मेदवार शेखर कोइरालाले ४८२ मत पाए । प्रकाशमान सिंहले ११२, विमलेन्द्र निधिले ७८ र कल्यण गुरूङले ४ मत पाए ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्