Logo

कांग्रेस महाधिवेशन : सभापतिको लागि दोस्रो चरणको निर्वाचन हुने, देउवा र शेखर कोइरालाबीच प्रतिष्पर्धा



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचनमा सभापतिको लागि पुनः मतदान हुने भएको छ । भर्खरै सम्पन्न मतगणनामा पहिलो चरणको निर्वाचनमा सभापतिका कुनैपनि उम्मेद्धवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः मतदान हुन लागेको हो ।

४ हजार ६ सय ७९ मत खसेकोमा पहिलो राउण्डमै जितको लागि २३४० मत आवश्यक थियो । सभापतिका उम्मेद्धवार शेरबहादुर देउवाले पहिलो चरणमै जित निकाल्नको लागि ८२ मतले पछि परे । पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् ।

उनले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन् । डा. शेखर कोइरालाले १७२९ मत ल्या । त्यस्तै, प्रकाशमान सिंहले ३७१ र विमलेन्द्र निधिले २४९
र कल्याणकुमार गुरुङले २० मत प्राप्त गरेका छन् । दोस्रो चरणमा देउवा र शेखरबीच प्रतिष्पर्धा हुने भएको छ । कांग्रेसमा पदाधिकारीसहित १३४ पदका लागि निर्वाचन भएको छ ।



प्रतिक्रिया दिनुहोस्