Logo

बालकृष्णको दाबी : दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई नै अभिमत प्राप्त हुन्छ (भिडिओसहित)



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले सभापतिको लागि दोस्रो चरणको निर्वाचनमा सभापतिमा शेरबहादुर देउवा अत्यधिक मतले विजयी हुने बताएका छन् ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सभापतिको लागि अब हुने दोस्रो चरणको निर्वाचनमा देउवालाई नै अभिमत प्राप्त हुने दाबी गरे ।

उनले भने–‘किनकी अहिले हामी सबै चाहन्छौं, मुलुकमा स्थानीय चुनाव होस, आम निर्वाचन सम्पन्न गर्न सकियोस, कांग्रेस नेतृत्वको खासगरी शेरबहादुर देउवाजीको सरकारले निश्पक्ष, धाँधलीरहित, निर्वाध र भयररहित रुपमा निर्वाचन गर्नेछ। नेपाली कांग्रेसको देशभरिका नेता तथा कार्यकर्ताहरुले पार्टी सभापति र प्रधानमन्त्रीमा देउवालाई नै निरन्तरता र जिम्मेवारी दिन तयार देखिनुभएको छ ।’

उनले दोस्रो चरणको निर्वाचनपछि देउवालाई पार्टीमा दोस्रो कार्यकालको लागि सभापतिमा विजयी गराउने विश्वास दिलाए ।

तस्विर तथा भिडिओ : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 

https://www.facebook.com/RishiDhamalaOfficial/videos/890055518355763



प्रतिक्रिया दिनुहोस्