Logo

आरजु देउवाको टिप्पणी : शेरबहादुर देउवाको राजनीतिलाई ह्याम्पर नगर्नेगरि म राजनीति गर्छु (भिडिओसहित)



काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा केन्द्रीय सदस्यकी उम्मेद्धवार तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले आफूले पति देउवाको राजनीतिलाई ह्याम्पर नपर्नेगरि राजनीति गर्ने बताएकी छिन् । सभापतिको लागि दोस्रो चरणको मतदान भैरहेको छ । महाधिवेशनस्थलमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ आरजुले यस्तो बताएकी हुन् ।

उनले आफूसँग धेरै जिम्मेवारी रहेको भएपनि पति देउवाको भने राजनीतिभन्दा अर्को कुनै उद्देश्य नै नरहेको जिकिर गरिन् । आफू र पति देउवाबीच राम्रो सहकार्य रहेको सुनाए । उनले पति देउवाको नराम्रो पक्ष भनेको एकदमै रिसाउने रहेको सुनाईन् ।

उनले भनिन्–‘उहाँको नराम्रो पक्ष भनेको रिसाउने हो, गाली गर्ने हो । अहिले (महाधिवेशन प्रतिनिधिहरु देखाउँदै)यहाँ सबैले गाली खाईसक्नुभयो होला । उहाँ रिसाउने भनेको दुई मिनेट हो । उहाँको राम्रो पक्ष भनेको कसैसँग वैरभाव छैन् । राख्नुहुन्न ।”

https://www.facebook.com/baahrakhari/videos/4671928109511289



प्रतिक्रिया दिनुहोस्