Logo

कांग्रेस सभापतिका लागि दोस्रो चरणको निर्वाचन : कहाँ गए १ सय १७ मतदाता ?



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको निर्वाचन सकिएको छ ।  मंगलबार दिउँसो साढे तीन बजेदेखि सुरु भएको मतदान साढे ९ बजे सकिएको हो ।

चार हजार ७४३ महाधिवेशन प्रतिनिधि मध्ये चार हजार ५६२ ले मतदान गरेका छन् । यसअघि सोमबार सम्पन्न निर्वाचनमा भने ४६७९ मत खसेको थियो ।  यस हिसाबमा सोमबारको भन्दा मंगलबार ११७ मत कम खसेको छ ।

पहिलो चरणभन्दा दोस्रो चरणमा एक सय १७ मत कम खसेपछि अहिले ती मतदाता कहाँ गए ? भनेर महाधिवेशनस्थलमा चर्चा चल्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot