Logo

कांग्रेस सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु भएको छ । सभापतिमा शेरबहादुर देउवा र डा. शेखरप्रसाद कोइराला प्रतिष्पर्धामा छन् ।

हाम्रा सहकर्मी ईश्वर कार्कीका अनुसार राष्ट्रिय सभागृहमा भर्खरै मतगणना सुरु भएको छ । सभापतिका लागि तीनवटा ट्यांकीमा मत खसालिएको थियो । ती तीनवटै ट्यांकी राष्ट्रिय सभागृहमा ल्याएर अहिले मतगणना सुरु गरिएको छ । मतपरीणाम आउन बढिमा चार घण्टा समय लाग्ने बताईएको छ । मतगणना सवा ११ बजेबाट सुरु भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot