Logo

कांग्रेस सभापतिको निर्वाचनको मतगणना सुरु, जित्नको लागि २२८२ मत ल्याउनुपर्ने



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु भएको छ । सभापतिमा शेरबहादुर देउवा र डा. शेखरप्रसाद कोइराला प्रतिष्पर्धामा छन् । हाम्रा सहकर्मी ईश्वर कार्कीका अनुसार राष्ट्रिय सभागृहमा राति ११ः१५ बजेबाट मतगणना सुरु भएको छ ।

सभापतिका लागि तीनवटा ट्यांकीमा मत खसालिएको थियो । ती तीनवटै ट्यांकी राष्ट्रिय सभागृहमा ल्याएर अहिले मतगणना सुरु गरिएको छ । मतपरीणाम आउन बढिमा चार घण्टा समय लाग्ने बताईएको छ । मतगणना सवा ११ बजेबाट सुरु भएको हो । कुल खसेको ४ हजार ५ सय ६३ मत मध्ये जित्नको लागि २ हजार २ सय ८२ मत ल्याउनुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot