Logo

२०० मत गणना गर्दा देउवाको ११२, शेखर कोइरालाको ८७ मत (लाईभ अपडेट)



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको सुरुवाती मतपरीणाम आउन थालेको छ। सुरुवाती मतपरीणाममा सभापतिका उम्मेद्धवार शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।

पहिलो २ सय मत गणना हुँदा देउवालाई १ सय १२ मत प्राप्त भएको छ भने डा. शेखर कोइरालालाई भने ८७ मत प्राप्त भएको छ । दोस्रो चरणको निर्वाचनमा ४५६२ मत खसेको छ। जितको लागि २२८२ मत ल्याउनुपर्ने छ ।



प्रतिक्रिया दिनुहोस्