काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको भर्खरै सार्वजनिक भएको मतपरीणामअनुसार शेरबहादुर देउवाले लिड गरेका छन् । सुरुवाती मतपरीणाममा देउवाले आफ्ना प्रतिष्पर्धी डा. शेखर कोइरालासँगको अग्रता फराकिलो बनाएका छन् ।
जारी मतगणनामा अहिलेसम्म १२०० मत गणना हुँदा शेरबहादुर देउवाले ६५० मत प्राप्त गरेका छन् भने कोइरालाले ४९० मत प्राप्त गरेका छन् । दोस्रो चरणमा खसेको कुल मतसंख्या (४५६२) का आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत आवश्यक पर्छ ।