काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको भर्खरै सार्वजनिक भएको मतपरीणामअनुसार शेरबहादुर देउवाले लिड गरेका छन् । सुरुवाती मतपरीणाममा देउवाले आफ्ना प्रतिष्पर्धी डा. शेखर कोइरालासँगको अग्रता फराकिलो बनाउँदै लगेका छन् ।
जारी मतगणनामा अहिलेसम्म १३०० मत गणना हुँदा शेरबहादुर देउवाले ७६१मत प्राप्त गरेका छन् भने कोइरालाले ५२७ मत प्राप्त गरेका छन् । दोस्रो चरणमा खसेको कुल मतसंख्या (४५६२) का आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत आवश्यक पर्छ । अहिलेसम्म १२ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।