Logo

१७०० मत गन्दा शेखर ३०३ मतले पछि परे, देउवाको अग्रता बढ्दै (लाईभ अपडेट)



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको भर्खरै सार्वजनिक भएको मतपरीणामअनुसार शेरबहादुर देउवाले लिड गरेका छन् । देउवाले आफ्ना प्रतिष्पर्धी डा. शेखर कोइरालासँगको अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

जारी मतगणनामा अहिलेसम्म १७०० मत गणना हुँदा शेरबहादुर देउवाले ९९२ मत प्राप्त गरेका छन् भने कोइरालाले ६८९ मत प्राप्त गरेका छन् । अहिले देउवा र कोइरालाबीच तीन सय ३ मतको मतअन्तर रहेको छ । दोस्रो चरणमा खसेको कुल मतसंख्या (४५६२) का आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत आवश्यक पर्छ ।



प्रतिक्रिया दिनुहोस्