काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको भर्खरै सार्वजनिक भएको मतपरीणामअनुसार शेरबहादुर देउवाले लिड गरेका छन् । देउवाले आफ्ना प्रतिष्पर्धी डा. शेखर कोइरालासँगको अग्रता धेरै नै फराकिलो बनाउँदै लगेका छन् ।
जारी मतगणनामा अहिलेसम्म २७०० मत गणना हुँदा शेरबहादुर देउवाले १५५८ मत प्राप्त गरेका छन् भने कोइरालाले १०२४ मत प्राप्त गरेका छन् । अहिले देउवा र कोइरालाबीच ५ सय भन्दा बढिको मतअन्तर रहेको छ । दोस्रो चरणमा खसेको कुल मतसंख्या (४५६२) का आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत आवश्यक पर्छ ।