Logo

कांग्रेस सभापतिको निर्वाचन : देउवा जितनिकट, ल्याए १९८४ मत (अब २९८ आवश्यक)



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको भर्खरै सार्वजनिक भएको मतपरीणामअनुसार शेरबहादुर देउवा जितको नजिक पुगेका छन् । उनले आफ्ना प्रतिष्पर्धी डा. शेखर कोइरालासँगको अग्रता निकै फराकिलो बनाएका छन् ।

जारी मतगणनामा अहिलेसम्म ३३१८ मत गणना हुँदा देउवाले १९८४ मत प्राप्त गरेका छन् भने कोइरालाले १३०९ मत प्राप्त गरेका छन् । अहिले देउवा र कोइरालाबीच ६७५ मतको अन्तर रहेको छ ।

दोस्रो चरणमा खसेको कुल मतसंख्या (४५६२) का आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत आवश्यक पर्छ । अब जित्नको लागि देउवालाई २९८ मतको आवश्यक रहेको छ । file photo



प्रतिक्रिया दिनुहोस्