Logo

७४४ मत गन्नुअघि नै देउवा निर्वाचित



काठमाडौं, २९ मंसिर : नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।  राष्ट्रिय सभागृहमा जारी मतगणनामा देउवाले प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई भारी मतले पराजित गर्दै दोस्रोपटक सभापति निर्वाचित भएका हुन् ।

मंगलबार राति ९ बजेसम्म सम्पन्न मतदानमा खसेको ४५६२ मतमा देउवालाई जितका लागि ५० प्रतिशतभन्दा बढी खर्थात २२८२ मत आवश्यक थियो ।

देउवाले ७४४ मत गणना हुनुअघि नै ५० प्रतिशत कटाएर सभापतिमा सहज जित हासिल गरेका हुन् । ३८१९ मत गणना गर्दा देउवाले २२८८ मत हासिल गरेका छन् । उनका प्रतिद्वन्द्वी कोइरालाले १५०१ मत प्राप्त गरेका छन् ।

शेखरसँग मतान्तर नै ७८७ रहेको छ । यद्यपि मतगणना जारी छ । अन्तिम मतपरिणाम निर्वाचन समितिले केही बेरमा सुनाउनेछ ।



प्रतिक्रिया दिनुहोस्