काठमाडौं, २९ मंसिर : नेपाली कांग्रेसको सभापति दोस्रोपटक निर्वाचित शेरबहादुर देउवाले कुल २७२४ मत प्राप्त गरेका छन् । दोस्रो चरणमा मंगल भएको मतदानमा खसेको ४५७४ मतमा देउवाले २७२४ मत प्राप्त गरेका हुन् ।
उनका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १८१७ मत प्राप्त गरे । शेखर ९०७ मतअन्तरले पराजित भए । ३३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । मतपरिणामको औपचारिक घोषणा केही बेरमा निर्वाच समितिले गर्नेछ ।