Logo

नेशनल मेडिकल कलेज सञ्चालक अन्सारी सम्मानित



काठमाडौं, २९ मंसर । विरगञ्जस्थित् नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारी सम्मानित भएका छन् । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याउँदै आएका अन्सारीलाई शनिबार जोरपाटी अत्तरखेलस्थित अत्तरखेल महिला समाजले सम्मान गरेको हो ।

केहि समय अगाडी मात्रै नेपाल मेडिकल कलेज खरिद गरेपछि सो क्षेत्रका स्थानीयले अन्सारीलाई स्वागत सम्मान गर्नेक्रम जारी छ ।
शनिबार ओसिस पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सांसद कृष्ण राई तथा अत्तरखेल महिला समाजकी अध्यक्ष सुषमा चेम्जोङ, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा बागमती प्रदेश सांसद रामेश्वर फुँयालले स्वागत सम्मान गरेका हुन् ।

सो अवसरमा बोल्दै म्यानेजिङ डाइरेक्टर अन्सारीले नेपालको मेडिकल शिक्षामा नेपाल मेडिकल कलेजको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै आउँदा दिनहरुमा स्वास्थ्य सेवालाई अझ प्रभावकारी र स्तरीय बनाएर लैजाने बताए । कलेजले स्वास्थ्य सेवातर्फ विशिष्टिकृत सेवाहरु शुरु गर्ने जनाउँदै सामाजिक उत्तरदायित्व अन्तरगतका सेवाहरु पनि प्रभावकारी रुपमा सञ्चालन गर्ने बताए ।

नेपाल मेडिकल कलेजमा आफु नाफा कमाउने उद्देश्यले मात्रै नआएको दावी गर्दै अन्सारीले जनतालाई स्तरीय स्वास्थ्य सेवा दिएर मुलुक र जनताको सेवाका लागि कलेज लिएको बताए । सरकारले जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिन नसकेको चर्चा गर्दै निजी क्षेत्रले मुलुकको स्वास्थ्य सेवा र शिक्षामा पुर्याएको योगदानको राज्यले समुचित कदर नगरेको गुनासो गरे ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot