काठमाडौं, २९ मंसिर । लामो समयदेखि कोरोना महामारीको कारण अन्तर्राट्रिय सीमा बन्द गरेको अष्ट्रेलियाले अब सीमा खुला गर्ने भएको छ । सीमा खुलाएसँगै अब कोरोना खोपको दुवै मात्रा लगाएका विद्यार्थीहरु अष्ट्रेलियामा जान पाउने भएका छन् ।
खोपको दुई मात्रा लगाएका विद्यार्थी, दक्ष कामदार, दक्ष आप्रवासीहरु, शरणार्थीहरु अब अष्ट्रेलिया अब जान पाउने भएका हुन् । अष्ट्रेलियाको सीमा नाका खोलेसँगै नेपाली विद्यार्थीहरुलाई राहत पुगेको छ ।
लामो समयदेखि हातमा भिसा लिएर बसेका विद्यार्थीहरुको बाटो अब खुलेको छ । अष्ट्रेलियमा बसोबास गर्दै आएको विद्यार्थी तथा अन्यका परिवारका सदस्यहरु पनि अब जान पाउने भएका छन् । करिब ५ हजार विद्यार्थीहरु कोभिड–१९ को कारण अष्ट्रेलिया जान पाएका थिएनन् ।