Logo

उपसभापतिको मतगणनामा अग्रता बनाएपछि पार्टी कार्यालय सानेपा पुगे धनराज



काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा धनराज गुरुङले अग्रता बनाएका छन्। अग्रता बनाइरहँदा उनी मत गणनास्थल सानेपास्थित पार्टी कार्यालय पुगेका छन् ।

गणनामा उनलाई पूर्णबहादुर खड्काले पछ्याइरहेका छन् । कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ । पछिल्लो २३०० मत गन्दा धनराज गुरूङले ९६० मत ल्याएका छन् ।

त्यस्तै, डा. चन्द्र भण्डारीले ८७० मत ल्याउँदा पूर्णबहादुर खड्काले भने ८४० मत प्राप्त गरेका छन् । त्यस्तै, विजयकुमार गच्छदारले भने ६६० मत हाँसिल गरेका छन् । अहिले शेखर कोइराला टिमबाट उठेका धनराज र चन्द्र अघि रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्