Logo

कांग्रेस महाधिवेशनः सबै परिणाम आउन एक साता लाग्ने



काठमाडौं, पुस १। नेपाली कांग्रेसको मंगलबार सम्पन्न १४औं महाधिवेशनको मत परिणामअनुसार हालसम्म एक सभापति र दुई उपसभापतिको परिणाम आएको छ ।

कांग्रेस महाधिवेशनको मतदान प्रक्रियामा १ सय ३४ पदका लागि ४ सय ८९ उम्मेदवार मैदानमा थिए । जसमध्ये प्रदेश २ अन्तर्गतका दुई सदस्य पहिले नै निर्विरोध निर्वाचित भइसकेका छन् भने अब ४ सय ७७ उम्मेदवारमध्ये १ सय २९ जना निर्वाचित हुन बाँकी छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार निर्वाचन सकिएलगत्तै सभापतिको मतगणना गरेको थियो । यस्तै, बुधबार साँझबाट उपसभापतिको मतगणना सुरु गरेको थियो भने आजबाट महामन्त्री पदको गणना गर्ने तयारी समितिले गरेको छ ।

कांग्रेस विधानमा कुल १ सय ६७ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ भने त्यसमध्ये १ सय ३४ जना निर्वाचन प्रक्रियामार्फत चयन हुने व्यवस्था छ । जसमध्ये १३ जना पदाधिकारी मात्रै छन् ।



प्रतिक्रिया दिनुहोस्