Logo

दुई मतले पराजीत गच्छदार पुनः मतगणना गराउँदै



काठमाडौं, पुस १। नेपाली कांग्रेस १४ औं महाधिवेशनमा उपसभापति पदमा विजय गच्छदारले दुई मतले पराजीत भएका छन् ।

देउवा प्यानलका उम्मेदवार गच्छदारलाई दुई मतले पछिपार्दै कोइराला प्यानलका धनराज गुरुङ ले दुई मतान्तरले जीत हाँसिल गरेपछि गच्छादार पुनः मतगणना गराउने तयारीमा छन् ।

गुरुङले १९०८ मत ल्याएका छन् भने गच्छादारले १९०६ मत ल्याएका छन् । दुई मतले पछिपरेपछि गच्छादरले पुनः मतगणना गराउन सक्ने भन्दै औपचारिक मत परिणामसमेत घोषणा भएको छैन।

निर्वाचन समितिले गुरुङले उपसभापति पदमा विजयी हासिल गरेको औपचारिक घोषणा गर्न बाँकि रहेको छ ।



प्रतिक्रिया दिनुहोस्