काठमाडौं, पुस १ गते । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत केहिबेरमा महामन्त्री पदको मतगणना सुरु हुँदैछ। अहिले बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्वाचन समितिको कार्यतालिका रहेपनि ढिलोगरि मतगणनाको तयारी भईरहेको छ । महामन्त्रीमा दुई सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा रहेको छ।
सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट डा मिनेन्द्र रिजाल र गगन थापा तथा प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की बीच प्रतिस्पर्धा भएको थियो।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने विधानमा व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । File Photo