काठमाडौं, पुस १ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ । बिहान ९ बजेदेखि नै मतगणना सुरु गर्ने भनिएपनि ढिलागरि मतगणना सुरु भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार अवको चार घण्टामा मतपरिणाम सार्वजनिक हुनेछ ।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । निर्वाचनमा गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्माबीच प्रतिस्पर्धा भएको छ ।
सोमबारको मतदानमा ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मतदाताले मतदान गरेका थिए ।